PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

सडकको पहिरो डेढ महिनासम्म पन्छाइएन, यातायात सञ्चालन अवरुद्ध



पहिलोपोस्ट

सडकको पहिरो डेढ महिनासम्म पन्छाइएन, यातायात सञ्चालन अवरुद्ध

पाल्पाः वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन्।

वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो।

जुवापौवादेखि नेपानेसम्मको सडकमा पाँच÷सात स्थानमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको स्थानीय बासिन्दा सोमबहादुर रायमाझीले जानकारी दिए। सुन्दरेढुंगादेखि जुठापौवा–सालझण्डीसम्म गत आवमा सडक विस्तार गरी बस सञ्चालनमा ल्याए पनि यसपालि पहिरोका कारण असार महिनादेखि नै यात्रुले नेपानेसम्म करीब दुई घण्टासम्म पैदल हिँडेर यात्रा गर्दै आइरहेका छन्।

“जथाभावी सडक फराकिलो बनाएकाले पहिरो खस्दा यात्रुले समस्या झेलेका छन्, गाउँपालिकाले पहिरो हटाउनुपर्नेमा रमिते भएर बसेको छ,” सोमबहादुर रायमाझी भने “बिरामीलाई तानसेन अस्पताल लैजान, र वृद्ध–बृद्धा तथा बालबालिकालाई आवतजावत गर्न कठिन भएको छ।,”

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले भदौ अगाडि नै वर्षा रोकिने बित्तिकै सडकको पहिरो हटाएर यातायातका साधन सञ्चालन गरिने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell