PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

फ्राइडे रिलिजमा 'रोमियो एण्ड मुना', 'चिमुसिचि' र 'सुकुलगुण्डा'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'रोमियो एण्ड मुना', 'चिमुसिचि' र 'सुकुलगुण्डा'

काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म छन्। 'रोमियो एण्ड मुना', 'चिमुसिचि' र 'सुकुलगुण्डा' प्रदर्शनमा आएका तीन फिल्महरु हुन्।

नरेश कुमार केसी निर्देशित फिल्म 'रोमियो एण्ड मुना' मा अभिनेता विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ। लभस्टोरी विधामा बनेको यस फिल्म फिल्ममा विनय र सृष्टिसँगै सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायतको अभिनय छ। भि मोसन पिक्चर्स, पिएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुती रहेको रोमियो एण्ड मुनालाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन्।

प्रदर्शनमा आएको अर्को फिल्म हो 'चिमुसिचि'। फिल्मबाट सुनिल क्षेत्री तथा अलिशा शर्माले डेब्यू गरेका हुन्। फिल्मलाई दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका छन्। फिल्ममा सुनिल र अलिशासँगै सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतको अभिनय छ।

फिल्म 'सुकुलगुण्डा' प्रदर्शन समयसम्म पनि खासै चर्चा भएन। निर्माण टिमले प्रचारमा ध्यान दिएनन्। तर पनि फिल्म यसै शुक्रबारबाट हलमा लागेको छ। फिल्ममा अभिनेता जिवन लुटेल, खुश्बु खड्काको मुख्य अभिनय छ। फिल्मललाई मधुसुदन भट्टराईले निर्देशन गरेको हो।

यस साता कुनै बलिउड फिल्म नेपाल प्रदर्शनमा आएन। हलिउडमा भने 'मिशन इम्पोसिबल' प्रदर्शनमा आयो। क्रिस्टोफरको निर्देशनमा फिल्म बनेको छ। एक्सन विधामा आधारित फिल्ममा टम क्रुज, हेनरी क्याभल लगायतको अभिनय छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell