PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

सामाजिक सञ्जालमा गुरुलाई नमन गर्दै कलाकार



पहिलोपोस्ट

सामाजिक सञ्जालमा गुरुलाई नमन गर्दै कलाकार

काठमाडौं : फिल्म अग्निपथलाई निर्देशन गर्दै थिए निर्देशक सोभित बस्नेत। फिल्मको चिफ असिस्टेन्ट निर्देशकमा थिए सवीर श्रेष्ठ। दुईसँग निर्देशन सिक्न अग्निपथको छायाँकन थलमा पुगे रामजी लामिछाने।  त्यही फिल्मबाट रामजीले निर्देशन सिक्न सुरु गरे र पाए दुई गुरु।

'अग्निपथ' प्रदर्शनमा आएको धेरै भइसक्यो।  आज गुरु पुर्णिमाका दिन रामजीले आफ्नो गुरुहरु सोभित र सवीरलाई सम्झेका छन्।



सामाजिक सञ्जाल मार्फत् उनले आफ्ना गुरुहरुलाई सम्झेका हुन्। आज सामाजिक सञ्जाल गुरुका तस्वीरहरुले भरिएका छन्। फिल्मका कलाकारदेखि निर्देशकले आफ्ना गुरुलाई सामाजिक सञ्जाल मार्फत सम्झेका छन्। अभिनेत्री शिल्पा पोख्रेलले निर्देशक तथा निर्माता छवि ओझा र निर्देशक नवल नेपाललाई आफ्ना गुरु मान्छिन्। उनले फेसबुकमा दुई गुरुका तस्वीर पोस्ट गर्दै नमन लेखेकी छिन्।

त्यस्तै अभिनेता तथा निर्माता दिपकराज गिरीले पनि आफ्नो गुरु निर्देशक दिनेस डिसी रहेको बताउँदै सामाजिक सञ्जालमा गुरुसँगको तस्वीर पोस्ट गरेका छन्। त्यस्तै हाँस्य कलाकार गोपाल ढकाल 'छन्दे', अभिनेता पुष्प खड्काले पनि आफ्ना गुरुका तस्वीर सामाजिक सञ्जालमा राख्दै गुरुलाई सम्झेका छन्। फेसबुकमा मात्र नभइ गुरुलाई नै भेट्न पुगेका छन् कि छैनन् त्यो जानकारी भने आएको छैन।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell