PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कांग्रेस नउठेको भए डाक्टर केसी सुतेको सुत्यै हुन्थे : गगन थापा



पहिलोपोस्ट

कांग्रेस नउठेको भए डाक्टर केसी सुतेको सुत्यै हुन्थे : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको मुद्दा नठाएको भए ‘डाक्टर केसी सुतेको सुत्यै हुन्थे’ भनेका छन्।

कांग्रेसले डाक्टर केसीको मागलाई उठाउँदा केसी उठेको जिकिर थापाको थियो।

डाक्टर केसीसँग सम्झौता भएको भोलिपल्टै नेकपाका नेताहरुको छुच्चो अभिव्यक्ति आएको बताउँदै थापाले संसदमा यस्तो धारणा राखेका हुन्। 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने विषयमा विरोधको सुचना दर्ता गराएका थापाले बोल्ने क्रममा भने, ‘यो अनसनलाई अन्तिम बनाउँ। सहमति सदनको सम्पत्ति भएको छ। हामी यस पटक गोविन्द केसीलाई हार्न दिन्नौं भनेर जिम्मा लिनुपर्छ।’

सबैले सामुहिक विवेकले डाक्टर गोविन्द केसीलाई हार्न नदिएको उनको तर्क थियो। ‘नेपाली कांग्रेस यो क्रमसँग जोडिएको छ। यो सम्झौतालाई कानुनका रुपमा संसदबाट लैजान कांग्रेस शत् प्रतिशत तयार रहेको छ,’ थापाले भने, ‘सरकारले गरेको सम्झौतालाई काननु बनाएर लग्न कांग्रेसले चाहेको हो, कांग्रेसले संसद अवरुद्ध गर्न चाहेको छैन।’ 

केसीका सन्दर्भमा प्रधानमन्त्रीबाट नै आलोचित शब्द प्रयोग भएको थापाको कथन थियो। ‘पाखुरा बटारेर सत्याग्रह हुन्छ? भनेर प्रधानमन्त्रीले भनेका थिए। तर, सहमतिपछि आज सबैले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्,’ थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell