काठमाडौं : प्रदर्शनको तयारीमा रहेको फिल्म 'मेरी मामु'को शिर्ष गीतको भिडियो सार्वजनिक भएको छ। रिलिज टार्गेट नजिकिएसँगै निर्माण टिमले प्रचार अस्त्र गीत सार्वजनिक गरेको हो। कल्यण सिंहको संगीत, रबी मल्लको शब्द तथा रोहित जोन क्षेत्रीको स्वरमा फिल्मको 'आमा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
भिडियोमा फिल्मका मुख्य कलाकार आयुव सेन फिचर्ड छन्। गीतमा एक बालकको आमा गुमाईसकेपछिको अवस्थालाई देखाइएको छ।अधिकांशले गीत सार्वजनिक कार्यक्रममा गीतमा आयुवले गरेको अभिनयलाई रुचाए। भिडियोमा आयुवसँगै सारुक ताम्राकार र कुसुम गुरङ पनि देखिएका छन्। ७ वर्षिया आयुबले मण्डालामा अभिनय सिकेका थिए। उनी फिल्मका निर्माता सन्तोष सेनका छोरा हुन्।
फिल्म भदौ १५ मा प्रदर्शन हुनेछ। फिल्ममा आयुव, शारुक, कुसुमसँगै अश्लेशा ठकुरीको पनि अभिनय रहेको छ। आशुसेन फिल्म्सको ब्यानरमा बनेको यो चौथो फिल्मले बाल मनोविज्ञान र आमा-छोरा बीचको सम्बन्धका कथा समेटिएको निर्देशक यम थापाले बताए। बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादनमा तयार भएको फिल्मका पब्लिसिटी किरण आचार्यले हेरेका छन्।