PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

एसिया कप क्वालिफायरको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल ओमानसँग खेल्ने



पहिलोपोस्ट

एसिया कप क्वालिफायरको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल ओमानसँग खेल्ने

काठमाडौँ : मलेसियामा अगष्ट २९ बाट सुरु हुने एसीसी एसिया कप क्वालिफायरको खेल तालिका सार्वजनिक भएको छ। क्वालिफायरमा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र बाहेकका टप ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

एसीसीले यसअघि क्वालिफायर अगष्ट २७ देखि सेप्टेम्वर ७ सम्म हुने जनाएको थियो। तर खेल तालिकामा भने क्वालिफायर अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुने उल्लेख छ।

सेप्टेम्वर ६ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले युएईमा सेप्टेम्वर १५ देखि २८ सम्म  हुने एसिया कप खेल्न पाउनेछ। क्वालिफायरको विजेता भारत र पाकिस्तान रहेको समूहमा रहनेछ।

क्वालिफायरमा नेपालले आफ्नो पहिलो खेल अगष्ट २९ मा ओमानसँग खेल्नेछ। ओडिआई मान्यता प्राप्त नेपाल र युएई बाहेक हङकङ, मलेसिया, सिंगापुर र ओमानले क्वालिफायर खेल्नेछन्। क्वालिफायरका खेलहरु मलेसियाको राजधानी क्वालालम्पुर स्थित किनरारा ओभल, बायुमास ओभल र युकेएम ओभलमा हुनेछ।

क्वालिफायरमा सहभागि ६ राष्ट्रले राउण्ड रोविन लिग खेलेपछि पहिलो र दोस्रो हुने टिमले फाइनल खेल्नेछ र त्यसको विजेता एसिया कप-२०१८ का लागि क्वालिफाई हुनेछ।

यस्तो छ खेल तालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell