PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध



रासस

पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध
फाइल फोटो।

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो। 

पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। पहिरो खसिरहेकाले पन्छाउन कति समय लाग्छ भन्न नसकिने उनले बताए। 

सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समय समयमा पहिरो जाने समस्या देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell