PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

त्रिशुली बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, चार जनाको पहिचान खुल्न बाँकी



पहिलोपोस्ट

त्रिशुली बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, चार जनाको पहिचान खुल्न बाँकी

काठमाडौं : जिल्लाको इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। 

प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेका छन् । पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको उनले जानकारी दिए। 

घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ ।  काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नं को बस विपरीत दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशुलीमा खसेको हो ।

मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका छ का २७ वर्षीय सुमित श्रेष्ठ, काठमाडौंका ३० वर्षका रविन गुरुङ र तनहुँ केशवटारका बाबुराम तिवारी रहेको प्रहरीले जनाएको छ।

बाँकी चार जनाको नाम खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell