PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रियंका र निकको इन्गेजमेन्ट भइसक्यो, विवाह कहिले ?



पहिलोपोस्ट

प्रियंका र निकको इन्गेजमेन्ट भइसक्यो, विवाह कहिले ?

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको प्रेमले फरक रुप लिएको छ। बलिउड मिडियाका अनुसार उनी दुईको इन्गेजमेन्ट भइसकेको छ। उनीहरले यो खबर मिडियाबाट लुकाउन खोजे पनि इन्गेजमेन्टको कुरा लुक्न सकेन।

भारतीय मिडियाका अनुसार प्रियंकाको ३६ औं जन्मदिनमा नै लण्डनमा उनीहरुको इन्गेजमेन्ट भएको थियो। न्यूयोर्कको एक गहना पसलमा निकले प्रियंकाका लागि इन्गेजमेन्ट औंठ्ठी किनेको खबर बाहिरिएको छ। त्यस्तै प्रियंकाले सलमान खानसँग गर्ने भनिएको नयाँ फिल्म 'भारत' नगर्ने भएकी छिन्।

भारतको छायाँकन र प्रियंका अनि निकको विवाह मिति जुध्न गएपछि उनले फिल्म नगर्ने घोषणा गरेकी हुन्। क्वान्टिको अभिनेत्री प्रियांकाले निकसँग २०१८ मा नै विवाह गर्ने बलिउडमा चर्चा चलेको छ। गत मेमा मेट गालामा उनीहरु भेटेका थिए। मे महिनाबाट नै उनीहरु प्रेम सम्बन्ध सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell