
ग्लोवल मिडियामा आज दिनभर पनि पाकिस्तानको निर्वाचन परिणामले आकर्षित गरिरह्यो। पाकिस्तानको क्रिकेट राष्ट्रिय टोलीका पूर्वकप्तान इमरान खान पाकिस्तानको नयाँ सरकार प्रधानमन्त्री बन्ने होडमा अगाडि बढेका छन्। उनको पार्टी पाकिस्तानमा ठूलो पार्टी बन्दै सरकार निर्माण गर्ने तयारीमा जुटेकोछ।
पाकिस्तान तेहारिक–ए–इन्साफ (पीटीआई)का उम्मेदवारहरुले पाकिस्तानका राजनीतिक हस्तीहरुलाईसमेत पराजयको स्वाद चखाउँदै निर्वाचनमा अगाडि बढेका छन्। यसरी पराजित हुनेमा पूर्वप्रधानमन्त्री शाहीद खकान अब्बासीसमेत छन्।
इमरान खानका समर्थकहरु पार्टीको झण्डा फहराउँदै। फोटो रोयटर्स।
निर्वाचनमय कम्बोडिया
आइतबार कम्बोडियामा आम निर्वाचन हुँदैछ। यतिबेला कम्बोडिया निर्वाचनमय भएको छ। निर्वाचनको प्रचारप्रसारमा कम्बोडियाका राजनीतिक दलहरु व्यस्त छ।
शुक्रबार निर्वाचन अभियानको अन्तिम दिन भएको निर्वाचन अभियानमा आफ्नो मुहारमा पार्टीको चिन्ह कोरेका कम्बोडियाको सत्तारुढ दल कम्बोडियन पिपल्स पार्टीका कार्यकर्ताहरु। यस निर्वाचनको पर्यवेक्षणका लागि नेपालबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वउपप्रधानमन्त्री सुजता कोइरालासहितको टोली कम्बोडिया पुगेको छ। फोटोः एएफपी
कोरियाली प्रायद्वीपमा शान्तिको खोजी
अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध स्थापनालाई पछिल्लो समय जोड दिएको उत्तर कोरियाले कोरियाली युद्धका क्रममा मारिएका ५५ अमेरिकी सैनिकको अस्तु फिर्ता गरेको छ।
शुक्रबार युद्धमा मारिएका सैनिकहरुको अस्तु उत्तर कोरियाबाट दक्षिण कोरियास्थित अमेरिकी वेसमा ल्याइ पुर्याइएको छ। जुनमा सम्पन्न ट्रम्प–किम सम्मेलनका क्रममा युद्धमा मारिएका अमेरिकी सैनिकको अवस्था पहिचान गर्ने सहमति भएको थियो। फोटोः गेट्टि इमेज
म्यानमारमा बाढी

म्यानमारमा शुक्रबार भभएको अविरल वर्षापछिको बाढीका कारण जलमग्न शहर। बाढीका कारण शहर नै जलमग्न भएपछि स्थानीयहरु सडकमा समेत डुंगाको सहायताले आवतजावत गरिरहेका छन्। फोटोः एएफपी

२०१८ को विश्व फेन्सिङ (तरवारवाज) च्याम्पियनसीमा तेस्रो स्थान हासिल गरेको दक्षिण कोरियाको महिला टोली चीनको पूर्वी प्रान्त जियांसुमा। फोटो: AFP
चीनमा निर्माण भएको मानव निर्मित झरना

चीनको गोञ्जाओ प्रान्तमा निर्माण भएको मानव निर्मित झरना। यो विश्वकै मानव निर्मित झरना हो। १२१ मिटर अग्लो भवनबाट झरना झारिएको छ। photo: Getty Image.