काठमाडौं : चिनियाँ कम्पनी एजिलिटी हेल्थ एन्ड वेल्नेस कोओपरेसनले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई १८औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई किट्स प्रदान गरेको छ।
एजिलिटीकाका अध्यक्ष अल्फ्रेड चानले एनओसी अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठलाई सातदोबाटोस्थित एनओसीमा आयोजित एक कार्यक्रमबीच शुक्रबार किट्स हस्तान्तरण गरे। गत अप्रिल १८ तारिखमा दुई पक्षबीच भएको सम्झौता बमोजिम किट्स हस्तान्तरण गरिएको हो।
हस्तान्तरण गरिएका किट्समा ट्रयाकसुट, जुत्ता, मोजा, ब्याग, टिसर्टलगायत छन्। अध्यक्ष श्रेष्ठले किट्सले एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीको पहिरनमा एकरुपता कायम गर्ने बताए। उनले अगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने विश्व व्यक्त गर्दै एजिलिटीका प्रतिनिधिहरुलाई प्रशंसा पत्र प्रदान गरी धन्यवाद दिए।