PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

संसारका विभिन्न ठाउँमा यस्तो देखियो चन्द्रग्रहण



पहिलोपोस्ट

संसारका विभिन्न ठाउँमा यस्तो देखियो चन्द्रग्रहण

सबैभन्दा लामो चन्द्र ग्रहण विश्वकै लागि चासोको विषय थियो। खगोलशास्त्रीहरु यसको अनुसन्धानमा जुटेका थिए विभिन्न धर्मावलम्बीहरु आफ्नो परम्पराअनुसार पूजापाठमा जुटेका थिए। संसारका विभिन्न ठाउँबाट हेर्दा चन्द्रमा यस्तो देखिएको थियो-


यो डेनमार्कबाट देखिएको चन्द्र ग्रहण हो। शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण भएकाले यहाँका मानिसहरु आकाशमा ध्यान लगाएर बसेका थिए।यो फोटो एसोसिएट प्रेसले सार्वजनिक गरेको हो।


यो चाहिँ इजिप्टको कायरोको दृश्य हो। चन्द्र ग्रहणसँगै त्यसलाई हेर्न जम्मा भएकाहरुको यो तस्बिर सिन्ह्वाले सार्वजनिक गरेको हो। 

यो दृश्यमा चन्द्रमाको रङ फरक देखिन्छ। जोर्डनबाट देखिएको चन्द्र ग्रहणमा रातो देखिएको छ। यसलाई ब्लड मुन समेत भनिएको छ। यो फोटो सिन्ह्वाले सार्वजनिक गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell