PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

नेपालको पहिलो ओडिआई क्रिकेट खेल प्रत्यक्ष प्रसारण हुने



पहिलोपोस्ट

काठमाडौं : नेपालले खेल्न लागेको पहिलो वान डे इन्टरनेसनल (ओडिआई) क्रिकेट खेल प्रत्यक्ष प्रसारण हुने भएको छ।

नेपालले दुई दशक लामो इतिहासमा पहिलो पटक अगष्ट पहिलो साता नेदरल्याण्ड्ससँग ऐतिहासिक ओडिआई खेल खेल्दैछ।

नेदरल्याण्ड्समा अगष्ट १ मा हुने पहिलो ओडिआई खेल लाइभब्रोडकास्ट डट एनएलमा प्रत्यक्ष प्रसारण हुने क्रिकेट नेदरल्याण्ड्सले जनाएको छ।

क्रिकेट नेदरल्याण्ड्सले शुक्रवार ट्वीट गर्दै दुवै खेल उक्त अनलाइनबाट लाइभस्ट्रिमिङ हुने जनाएको हो।

पहिलो ओडिआई सिरिज अन्तर्गत नेपालले दोस्रो खेल अगष्ट २ मा खेल्नेछ। खेलको लागि १० युरो टिकट दर रहेको पनि क्रिकेट नेदरल्याण्ड्सले जनाएको छ।

हाल युके टुरमा रहेको नेपालले आइतवार लर्ड्समा नेदरल्याण्ड्स र एमसीसी सम्मिलित टी-२० ट्राई सिरिज खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell