PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ईश्वर तर्साउने यमराज



पहिलोपोस्ट

ईश्वर तर्साउने यमराज

  • उत्तम रिमाल-
अस्ति सम्म
एक करोडको गाडी चढ्ने मौसुफहरुलाई 
असल नेतालाई होइन 
खराब मनहरुलाई 
अर्थात नेताजीहरुलाई 
त्यो मेसिन बेल-गाडी झै लागिरहेको होला
किनकि अब त पक्का मज्जाको 
२/४ करोडको 
बडेमानको सबारी आउनेछ ...
के कसरी नि ?
जनतामा कर बड्यो के हजुर।।
कर आम मानिसका लागि कर नै हो 
नबुझाइ हुँदै नहुने 
धेरैका लागि डर हो यो कर 
डरको नाम आदरणीय अख्तियार 
तर, जनताले टाउकोमा टेकाएका
बेकारमा दूध खुवाइरहेका 
ठूला भुडे सर्प हरुलाई
न डर 
न कर 
आफ्नै हात जगन्नाथ 
अख्तियारको के बात ।।
खासमा 
जनताको पसिना त 
केबल एउटा साधन बनेको छ
माध्यम जसले ..
दुई चार वटा कार 
सारा संसारको सफर
विदेशी अस्पताल 
पूरा गरिदिन्छ 
नेताजी हरुको मनको 
कुना कुनाका रहर ।।

तिर्नेले सानसँग तिर्न सके 
देश बनेको देख्न पाए 
सबैलाई काइदै हुने थियो
भार बेकार नहुने थियो 
त्यसैले
यो लिगल लुट रोकिनु पर्छ
नत्र 
तीन करोड नेपालीको थोपा थोपा आशुले पनि
यमराजको तिरको स्वर्गको तात्तातो
तेलले भन्दा बढ्ता पोल्नेछ 
पोलेन भने पनि 
प्यारा जनता डरलाग्दा यमराज बनेर 
त्यतिबेला तयार हुनेछ्न !
एउटा यमराजबाट त भगवानले जोगाउलान ल!
तीन करोड यमराजसँग त तिम्रा 
ईश्वर पनि ढुक्क डराउने छ्न ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell