PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

पहिलोपटक निश्चल बस्नेत र स्वस्तिमा खड्का एकसाथ म्युजिक भिडियोमा



पहिलोपोस्ट

पहिलोपटक निश्चल बस्नेत र स्वस्तिमा खड्का एकसाथ म्युजिक भिडियोमा

काठमाडौं: महेश काफ्लेको नयाँ गीत रिलिज भएको छ। ‘नाँच फिरिरि’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो। भिडियोमा निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का फिचर्ड छन्। पहिलोपटक यो रियल लाइफ जोडी एकसाथ म्युजिक भिडियोमा देखिएका हुन्।

जि २१ डिजिटलको प्रस्तुती रहेको गीतमा महेश काफ्लेलाई मेलिना राईले स्वरमा साथ दिएकी छिन्। गीतमा महेश काफ्लेकै शब्द र संगीत रहेको छ। गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका हुन्।

पोखरामा छायांकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैले निर्देशन गरेका छन्। भिडियोमा निश्चल र स्वस्तिमाको साथमा क्रिस्टल क्लज डान्स क्रिउ फिचर भएका छन्।

जिटुवान डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell