PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

बुटवलमा प्रमुख इन्जियर र गुल्मीमा सव-इन्जिनियर घुस सहित पक्राउ



पहिलोपोस्ट

बुटवलमा प्रमुख इन्जियर र गुल्मीमा सव-इन्जिनियर घुस सहित पक्राउ
सव-इन्जिनियर झा

काठमाडौं : सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। त्यस्तै उनकी श्रीमती पनि पक्राउ परेकी छिन्। घुसको रकम लिएर घर जाँदैगर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै, आज नै गुल्मीको पश्चिम हुँदै तम्घास सिमलटारी प्युठान सडक आयोजनामा कार्यरत सव इञ्जिनियर सेवाग्राहीबाट एक लाख घुस लिँदै गरेको अवस्थामा रंङ्गेहात पक्राउ परेका छन्।

तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम गर्ने सव इञ्जिनियर प्रकाश झा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलको टोलीद्वार पक्राउ परेका हुन्।

सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बसेका उनले शनिवारको दिन पारेर निर्माण कार्यमा संग्लग्न व्यवसायीलाई ‘रनिङ विल’ भुक्तानीका लागि एक लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell