
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल संघ र राष्ट्रिय फुटबल टोलीको फरक-फरक लोगो बनाउने भएको छ।
एन्फाले संघ र फुटबल टोलीको लागि नयाँ लोगोको डिजाइन तयार पार्न भनेको छ। साथै राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सीको डिजाइन गर्न समेत भनेको छ।
यस लोगो र जर्सी डिजाइनमा भाग लिन चाहनेले एन्फा र राष्ट्रिय टिमको लोगो तथा राष्ट्रि टिमको जर्सी डिजाइन गरेर पठाउनु पर्नेछ।
हाल नेपाली राष्ट्रिय टोलीले लगाउने जर्सीमा नेपालको झण्डा मात्र राखिएको छ। अब त्यसलाई एन्फा र राष्ट्रिय टिमको जर्सीमा छुट्टा छुट्टै लोगो बनाउने एन्फाले जनाएको छ।
हालको नेपाली टोलीको जर्सी र जर्सीमा नेपालको झण्डा, यो किट्स केल्मीले बनाएको हो।
लोगो र डिजाइन अगष्ट १० भित्रमा एन्फाको अफिसियल इमेल मा पठाउनुपर्नेछ।
उत्कृष्ट डिजान बनाउने एक जनाले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने एन्फाले जनाएको छ।