PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

साइनिङ स्टार सहकारीबाट चार करोड ठगी गर्ने दुई पक्राउ



पहिलोपोस्ट

काठमाडौः चार करोड १७ लाख ५८ हजार ठगी गरी  फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहीवार पक्राउ गरेको हो। शुक्रवार दुवैै जनालाई केन्द्रीय कारागार सुन्धरा चलान गरेको हो ।

उनीहरुले को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा व्याजसमेत फिर्ता नगरी ठगी गरेका थिए।

ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसला अनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell