PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

यस्तो छ भोलि र पर्सीको मौसमको अवस्था, सचेत रहन पूर्वानुमान शाखाको सुझाव



पहिलोपोस्ट

यस्तो छ भोलि र पर्सीको मौसमको अवस्था, सचेत रहन पूर्वानुमान शाखाको सुझाव

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले देशका विभिन्न ठाउँमा वर्षा हुने भएकाले नागरिकलाई सतर्क रहन अपील गरेको छ। 

शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रह्यो। साथै देशको अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना कायम रहेको जनाएको छ। साथै केही स्थानमा भारी वर्षाको सम्भावना  भएको जनाएको छ। रातको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा र पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।  

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानहरु हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै देशको केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशको केही स्थानहरु हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै देशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell