PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

माहेला जयवर्दनेसँगै यी हस्तीसँग खेल्दैछ नेपाल, इयान बेल भने एमसीसीबाट नखेल्ने



पहिलोपोस्ट

माहेला जयवर्दनेसँगै यी हस्तीसँग खेल्दैछ नेपाल, इयान बेल भने एमसीसीबाट नखेल्ने

काठमाडौं : क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स मैदानमा दोस्रो पटक खेल्ने सौभाग्य पाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतवार टी-२० ट्राई सिरिज खेल्दैछ। यसमा नेपालको प्रतिद्वन्दी घरेलु टोली मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स छन्।

यी तीन टोलीबीच एकदिने सिरिज हुन लागेको हो। एकै दिन सिरिज हुने भएपछि प्रत्येक टोलीले एक दिनमा दुई वटा खेल खेल्नुपर्नेछ। तेस्रो तथा अन्तिम खेल नेपाल र नेदरल्याण्ड्सबीच हुनेछ र यो खेलले टी-२० मान्यता पाउनेछ।

अर्को खेल टी-२० मान्यताको हुने छैन तर त्यसमा टेष्ट, ओडिआई र टी-२० आई खेलिसकेका आधा दर्जन हस्ती खेलाडी छ।

श्रीलंकन पूर्व कप्तान माहेला जयवर्दनेको कप्तानीमा खेल्ने एमसीसीको टोलीमा टेष्ट खेल्ने इंग्लिस खेलाडी समेत छन्। यसअघि इंगल्याण्डका पूर्व टेष्ट क्रिकेटर इयान बेल जस्ता हस्ती खेलाडीले पनि खेल्ने भनिएको थियो तर शनिवार सार्वजनिक एमसीसीको टोलीमा भने बेलको नाम छैन।

जयवर्दने बाहेक इंग्ल्याण्डकै अर्का टेष्ट स्टार जोनाथन ट्रट एमसीसीको टोलीमा छन्। यस्तै इंग्लिस खेलाडी जेम्स फोस्टर पनि टिममा छन् उनी विकेटकिपर समेत हुन्। जिम्बावेका पिटर मुर पनि छन्।

यसअघि टिममा रहेका निक कोम्पटनको नाम भने हटेको छ। बेल र यी कोम्पटनको स्थानमा वरुण चोपारा र टम स्मीथ टोलीमा छन्।

यसबाहेक ओडिआई नेशन स्कटल्याण्डका एलासदायर एभान्स, मार्क वाट र डाएलन बड्ज छन्। यस्तै एमसीसीकै युवा खेलाडी कासिफ अली, म्याट कोल्स र डान डाउथवाइटे छन्।

१२ सदस्यीय टोलीमा टेष्ट खेलेकै ४ जना खेलाडी छन्।

पहिलो पटक वान डे इन्टरनेशनलको स्ट्याटस पाएर भर्खर पहिलो वान डे खेल्न लागेको नेपालको लागि यी खेलाडीहरुसँगको खेल सिक्ने र आफूलाई प्रमाणित गर्ने अवसरको रुपमा छ।

उत्कृष्ट खेलाडीसँग खेल्न पाउँदा नेपालले आफ्नो अवस्था के छ र कसरी सिक्ने भन्ने बुझ्न पाउँछ।

नेपालले आइतवार दिउँसो पहिलो खेल एमसीसी खेल्नेछ भने बेलुका नेदरल्याण्ड्ससँग खेल्नेछ।

यस्तो छ सिरिज खेल्ने तीन टोली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell