
इंग्लिस क्लब आर्सनलले इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा फ्रेन्च क्लब पिएसजीलाई ५-१ ले पराजित गरेको छ।
प्रि सिजन टुर अन्तर्गत सिंगापुरमा भएको खेलमा लण्डन क्लबका लागि अलेक्जान्डेर लाकाजाटेले २ तथा मेसुट ओजिल, रब होल्डिङ र एवार्ड एनकेतिहले १-१ गोल गरे।
पिएसजीका लागि क्रिस्टोफर एनकुन्कुले पेनाल्टीमा एक गोल गरे।
प्रि सिजनमा आर्सनलको यो पहिलो जित हो। यसअघि आर्सनल एट्लेटिको मड्रिडसँग पराजित भएको थियो। आर्सनलले अब लण्डन क्लब चेल्सीसँग अर्को खेल खेल्नेछ।