PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

प्रधानन्यायाधीशमा जोशीको नाम होला अनुमोदन? सुनुवाइ समितिमा हुँदैछ छलफल



पहिलोपोस्ट

प्रधानन्यायाधीशमा जोशीको नाम होला अनुमोदन? सुनुवाइ समितिमा हुँदैछ छलफल

काठमाडौँः संसदीय सुनुवाइ विशेष समिति बैठक सिंहदरबारमा बस्दैछ। शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो। बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदन हुने वा नहुने निर्णयको तयारी गरिएको छ। 

गत बिहीबार सुनुवाइ सकिए पनि जोशीको अनुमोदनबारे निर्णय भएको छैन। सुनुवाइकै क्रममा उनको प्रमाणपत्र विवादमा आएपछि सुनुवाइ समितिले थप अध्ययन गर्नुपर्ने भन्दै निर्णय गरेको छैन। 

शैक्षिक योग्यताको विवाद उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको छ। उच्च तहमा भएको परामर्श अनुसार आजको बैठकले उपसमिति बताएर जाने तयारी समेत गरेको छ।

यसअघि जोशीले सुनुवाइ समितिमा पेस गरेको प्रमाणपत्रको प्रतिलिपिमा पेस गरेका थिए। एकै व्यक्तिका एकै तहमा दुई प्रमाणपत्र भएको र दुबैमा रहेको परीक्षा रोल नम्बर एकै रहेको भन्ने मुख्य विवाद छ। 

समितिमा प्रधानन्यायाधीशले पेस गरेको प्रोग्रेस रिपोर्टमा विद्यालय तहको परीक्षाको विवरण संलग्न छ। विजय मेमोरियल स्कुलबाट २०२९ सालमा परीक्षा उतीर्ण गर्दाको रोल नम्बर ३६६७ रहेकाे छ। तर समिति सदस्हरुले उक्त रेकर्ड नमिलको थप तथ्य फेला परेको भन्दै थप छानबिनको पक्षमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell