
काठमाडौँ : क्रिकेट घर मानिने बेलायतको लर्ड्स मैदानमा नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज खेल्दैछ।
नेपालले गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्ड कप क्वालिफायरमा सातौँ हुँदै पहिलो पटक ओडिआई स्ट्याटस पाएपछि मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल र नेदरल्याण्ड्ससहितको टी-२० ट्रयाङ्गुलर सिरिज गर्ने घोषणा गरेको थियो।
दोस्रो पटक लर्ड्स मैदान खेल्न लाग्दै गर्दा नेपालको लागि यो ऐतिहासिक क्षण हुनेछ। एमसीसी, नेपाल र नेदरल्याण्ड्सबीच आजै ३ खेल हुँदैछ। प्रत्येक टिमले एकै दिन २-२ वटा खेल खेल्नेछन्।
नेपाल र नेदरल्याण्ड्सबीच हुने अन्तिम खेललाई आइसीसीले टी-२० इन्टरनेशनलको मान्यता समेत दिने भएको छ। यसअर्थमा नेपालले ३ वर्षपछि टी-२० इन्टरनेशनल खेल् खेल्दैछ भने लर्ड्समा २ वर्षपछि क्रिकेट खेल्दैछ।
एमसीसी ट्रायङ्गुलर टी-२० सिरिज
सहभागि टिम : एमसीसी, नेपाल, नेदरल्याण्ड्स
खेल स्थल : लर्ड्स क्रिकेट मैदान, लण्डन
मिति : २०१८ जुलाई २९
खेल तालिका : नेपाली समय
एमसीसी भर्सेस नेदरल्याण्ड्स : दिउँसो २:४५ बजे
एमसीसी भर्सेस नेपाल : बेलुका ५:५० बजे
नेपाल भर्सेस नेदरल्याण्ड्स : राती ९:०५ बजे
स्क्वाड्स:
एमसीसी: माहेला जयवर्दने (कप्तान), कासिफ अली, डाएलन बड्ज, वरुन चोपरा, माट कोल्स, डान डायथवाइटे, एलासदाएर एभान्स, जेम्स फोस्टर, पिटर मुर, टम स्मिथ, जोनाथन ट्रोट, मार्क वाट
नेपाल: पारस खड्का कप्तान (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अनिल कुमार शाह, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित सिंह भण्डारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, रोहित कुमार पौडेल, सोमपाल कामी, सुवास खकुरेल, शरद भेषवाकर, सन्दीप लामिछाने, शक्ति प्रसाद गौचन
नेदरल्याण्ड्स: पिटर सिलर (कप्तान), वेस्ले बारेसी, स्कट एवार्ड्स, क्लाएटन फ्लोएड, फ्रेडेरिक क्लासेन, बास डे लिड, पउल भान मिकेरेन, म्याक्स ओ'डोड, हिड्डे ओभरजिक, माइकल रिप्पोन, शेन स्नाटर, टोनी स्टा, राएन टेन डेसचाटे, टोबिएस भिसी