
काठमाडौं: प्रचारका लागि मोफसलतिर दौडने काम फिल्मकर्मीको पुरानै प्रकृया भइसक्यो। प्रचारका लागि चितवन र पोखरा त फिल्मका कलाकार पुगेकै हुनछन्। दर्शकसँग साक्षात भेट्ने एवंम् प्रत्रकार भटघाटमा फिल्मको प्रचार गर्न 'कायरा' टिमले पनि मोफसल यात्रा सुरु गरेको छ।
'कायरा' अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको टिमले पोखरामा फिल्मको प्रचार गरेको छ। साथै त्याहाँ उनीहरुको उपस्थितिमा बाइक र्याली पनि सम्पन्न भयो। फिल्म साउन १८ गतेबाट प्रर्दशन हुनेछ।
पोखरामा आयोजित प्रत्रकार भेटमा आर्यनले फिल्म एक विशुद्ध प्रेम कथामा बनेको बताए। उनले भने 'अन्य सामाजिक सन्देश पाउनु भन्दा पनि चलचित्रले मनोरञ्जन प्रदान गर्नेछ'। आर्यन होम्स प्रोडक्सनमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेको हो।
फिल्ममा आर्यनको कथा छ। फिल्ममा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायकतको अभिनय छ।