PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

युरोपेली देशका लागि नेपालका नौ राजदुतलाई परराष्ट्रमन्त्रीको यस्तो निर्देशन



पहिलोपोस्ट

युरोपेली देशका लागि नेपालका नौ राजदुतलाई परराष्ट्रमन्त्रीको यस्तो निर्देशन
Photo: twitter/@PradeepgyawaliK

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन युरोपस्थित नेपाली राजदुतहरुलाई निर्देशन दिएका छन्। 

वेल्जियमको ब्रसेल्समा आयोजित युरोपेली मुलुकका लागि नेपाली राजदुतहरुको सम्मेलनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्। सम्मेलनमा युरोपेली राष्ट्रहरु, इयुका संगठन र राष्ट्र संघ र अन्य अन्तराष्ट्रि संगठनहरुसँगको नेपालको सम्बन्धको चर्चा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले उनीहरुसँको सम्बन्ध तथा साझेदारीलाई थप मजबुद बनाउन पहल गर्न निर्देशन दिए। 

नेपालको कुटनीतिको मुख्य उद्देश्य नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न भएको भन्दै उनले भने, ‘नेपालको कुटनीतिको मुख्य उद्देश्य भनेको नेपालको मौलिक शान्ति प्रक्रियासहित नेपालको छविलाई अन्तराष्ट्रिय स्तरमा पुराउनु हो। कुटनीतिक अंगहरुले यसको प्रवद्र्धनमा सहयोग पुर्‍याउनुस।’ 

उनले नेपालको राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर आर्थिक साझेदारीका क्षेत्रमा समेत काम गर्न निर्देशन दिए। सम्मेलनमा नेपालका लागि युरोपस्थित विभिन्न देश तथा मिसनका ९ जना राजदुतहरुको सहभागि थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell