.jpg)
काठमाडौः बलात्कारको अभियोगमा प्रहरीले दुई जना सशस्त्र प्रहरीका जवानलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले जवानहरु रामशरण पोखरेल र चन्द्रबहादुर प्रसार्इलाई पक्राउ गरेको वृत्तका प्रमुख डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए।
बलात्कृत युवती र जवान पोखरेलबीच एक वर्ष अगाडि प्रेम सम्बन्ध थियो। जवान पोखरेलको अन्य केटीसँग पनि सम्बन्ध भएको सुनेपछि युवतीले सम्बन्ध तोडेकी थिइन्। एक वर्षपछि फेसबुक मार्फत् पुनः उनीहरुबीच भेट भएको थियो। जवान पोखरेलले आफू सुध्रिएको र प्रहरीको जागिर पनि छोडेको बताउँदै युवतीलाई भेट्न बोलाएका थिए।
पोखरेलको बानी सुध्रिएको विश्वासमा युवती उनलाई भेट्न बिहीवार कलङ्की पुगेकी थिइन्। पोखरेले आफ्नो लगानीमा होटेल खोलेको बताएका थिए।
राति तीनै जना सँगै बसेर रक्सी ख्राएको प्रहरी अनुसन्धानमा देखिएको छ। त्यसपछि उनीहरू सुत्न सुरुमा नारायणी गेष्ट हाउसमा गए। त्यहाँ कोठा खाली नभएपछि आशीर्वाद गेष्ट हाउसमा दुई वटा कोठा लिएका थिए। सोही रात दुवै जनाले युवतीलाई बलात्कार गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।
प्रहरी वृत्त कालिमाटीले शुक्रवार नै जिल्ला अदालत काठमाडौँमा बलात्कार मुद्दामा म्याद थप गरी अनुसन्धानको लागि महिला सेलमा बुझाएको डिएसपी क्षेत्रीले जानकारी दिए।
उनीहरू उपत्यका सुरक्षा कार्यालय सतुंगलमा कार्यरत थिए।
पछिल्लो समय काठमाडौँमा बलात्कारको घटना बढ्दै गएको छ। आर्थिक वर्ष २०७३/७४ मा २७ वटा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएकोमा गएको आर्थिक वर्षमा बढेर ४४ वटा पुगेको छ। त्यस्तै जबरजस्ती करणी पनि १११ वाट बढेर १४५ पुगेको हो।