PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नयाँ वर्षले देला, शुशिलको फिल्मी करियरलाई राहत?



पहिलोपोस्ट

नयाँ वर्षले देला, शुशिलको फिल्मी करियरलाई राहत?

काठमाडौं: अभिनेता शुशिल श्रेष्ठले आजबाट २५ वर्षका भए। मोडलिङ हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका उनको डेब्यू फिल्म 'होस्टेल रिटर्न्स हो'। काठमाडौंका स्थानीय उनी फिल्मकै करियर बनाउने होडमा छन्। 

निर्माता सुनिल रावलले उनलाई 'होस्टेल रिटर्न्स' मार्फत ब्रेक दिएका थिए। त्यसपछि उनले लगातार 'सायद २'  र 'कारखना' गरे।  फिल्म मार्फत उनको अभिनयको प्रशंसा भयो तर दुवै फिल्मले व्यवसायिक सफलता हासिल गरेनन्।

अहिले उनी मिडियाबाट टाढा छन्। उनी नयाँ फिल्महरुको प्रचारसँगै बाहिर देखिने तयारीमा छन्। 'लभ डाइरिज' र 'बाद्शाह जुट' उनका दुई फिल्म हुन्। वर्ष २०७४ त उनलाई फापेन। के अब २५ औं वसन्तका यी दुई फिल्मले देला उनको करियरलाई राहत? 

'लभ डाइरिज'को प्रदर्शन टार्गेट तय हुन बाँकी छ भने 'बाद्शाह जुट' छायाँकन कै क्रममा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell