
काठमाडौं: अभिनेत्री सृष्टि श्रेष्ठ र सौगात मल्ल आफ्नो प्रेम सम्बन्धलाई लिएर केही उदार बनेका छन्। केही अघिसम्म मिडियामा आफ्नो सम्बन्ध नस्विकार्ने उनीहरुले एकसाथ अन्तर्वाता थालेका हुन्।
कुनै समय यस्तो थियो उनीहरु दुवै सम्बन्ध नकार्थे। अब मिडियादेखि दर्शक सबै अवगत छन्। र, दुबैजना सार्वजनिक कार्यक्रममा एक अर्काका हात समाउँदै प्रस्तुत हुन्छन्।
हालै सृष्टि अभिनित फिल्म 'रोमियो एण्ड मुना' प्रदर्शनमा आयो। फिल्मको च्यारिटी सोमा सौगात र सृष्टि एकअर्काका हात समातेर उपस्थित भए। सोमा उनी दुई आकर्षणको केन्द्र बने। फिल्मका यस्तै सोहरुमा अन्य अभिनेत्री आफ्ना सह - अभिनेतासँग देखिन्थे। तर च्यारिटी सोमा सृष्टि विनयसँग नभइ रियल हिरो सौगातसँग देखिइन्।
उनी दुवैको ड्रेसकोड पनि मिलेको थियो। सृष्टि सेतो गाउनमा देखिएकी थिइन्। सौगातले भने सेतै सर्ट लगाएका थिए। पछिल्लो समय नेपाली सेलेब्रेटी आफ्ना प्रेमलाई लिएर मिडियामा खुल्न थालेका छन्। यी दुइसँगै अभिनेत्री वर्षा राउत र संजोग कोइराला, पुजा शर्मा र सुदर्शन थापा पनि एकसाथ विभिन्न कार्यक्रममा देखिन्छन्।