PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

‘मिस्टर भर्जिन’का लागि विजय बरालले खाए कुटाइ



पहिलोपोस्ट

‘मिस्टर भर्जिन’का लागि विजय बरालले खाए कुटाइ

काठमाडौं: फिल्म ‘मिस्टर भर्जिन’को छायांकनका क्रममा घटेका रमाइलो नरमाइलो घटनाहरु फिल्मका कलाकारले सम्झिए। पुस, माघमा फिल्म खिचिएको थियो। फिल्मको आधाभन्दा बढी समय राती छायांकन भएकोले जाडोले सताएको धेरै कलाकारले सुनाए।

अभिनेत्री सिर्जना सुब्बाले भनिन्, ‘राती काम गर्दाको अनुभव मिठो नमिठो दुबै रह्यो। अन्तिमतिर त मलाई निर्देशकसँग निकै रिस उठेको थियो।’ त्यस्तै अभिनेत्री मरिश्का पोखरेलले आफू ‘चमेरो’ भएको महसुस गरेको बताइन्। ‘दिनभर सुत्ने रातभर काम। त्यो पनि मध्य जाडोमा। कस्तो भयो होला अनुमान गर्नुस्।’

आइतबार भएको ट्रेलर रिलिज कार्यक्रममा उनीहरुले अनुभव साटेको हुन्। कलाकार कमलमणी नेपालले आफूहरुले प्राकृतिक रुपमा उल्टो काम गरेपनि काम सुल्टो भएको बताए।

यी सबको भन्दा फरक अनुभव संगाले कलाकार विजय बरालले। ‘जिन्दगीमा पहिलोपटक ग्यांगको कुटाइ भेटियो।’ ठमेलमा भएको सुटिङकाक्रममा उनलाई ८ जना केटाहरुले कुटेका हुन्।

भने,’कलेजमा हुँदा आफूले कुटियो। फिल्म खेल्दा अरुले कुटे। उनले त्यो ग्यांगको अरु केही सम्झन नसके पनि सबैको मंगोलियन अनुहार याद भएको प्रसङ्ग रमाइलो गर्दै सुनाएका थिए।

‘पुलिस आएको देखेर गुहारें तर पुलिस नै टाप।’ ‘आफूले कुटाइ खाँदा सँगै रहेका कमल दाइ ‘हाम्रो एक्टर कुट्यो’ भन्दै भाग्नु भयो’, आफू एक्लै भएको सुनाए र भने,’ठिकै छ मैले मिस्टर भर्जिनको लागि कुटाइ खाएँ।’

तीन युवाको यौन मनोविज्ञानको कथामा फिल्म बनेको छ। वर्ल्ड वाइड फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई बिशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell