PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कर्णालीमा ३२० जनाको भागमा एक प्रहरीः सुरक्षामा चुनौति



पी बी खड्का

कर्णालीमा ३२० जनाको भागमा एक प्रहरीः सुरक्षामा चुनौति

सुर्खेत: कर्णाली प्रदेशमा आवश्यक संख्यामा पर्याप्त प्रहरीको दरबन्दी नभएकाले शान्ति सुरक्षामा चुनौति बढ्दो छ। कर्णालीवासीको शान्ति सुरक्षामा खटिने प्रहरी पर्याप्त नभएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ।  भौगोलिक विकटता रहेको कर्णालीमा एक आफैँमा सुरक्षा दिन प्रहरीलाई चुनौति छ भने एकातिर जनशक्ति अभाव हुदाँ नागरिकको सुरक्षा गर्न हम्मे।
 
कर्णालीमा हाल पाँच हजार ९० जना प्रहरीको दरबन्दी भएको प्रदेश प्रहरी कार्यालय जनाएको छ। प्रदेशको भौगोलिक अवस्था र यहाँको जनसंख्याको हिसावले हेर्दा सुरक्षामा चुनौति भएको कार्यालयको भनाई छ। ‘प्रदेश आफैँमा भौगोलिक विकटता छ, झनै जनशक्ति पनि पर्याप्त छैन।’ प्रदेश प्रहरी कार्यालयका डीएसपी वीरबहादुर वलीले भने,‘नागरिकलाई सुरक्षा दिन घण्टौँ हिड्नु पर्छ, तत्काल सुरक्षा दिन अप्ठ्यारो अनि नागरिकले गुनासो गर्छन् सेवा भएन भनेर।’

अहिले दरबन्दी भए अनुसारका ६ जना प्रहरी सम्बन्धित प्रहरी युनिटमा कार्यरत नभएको कार्यालय जनाएको छ। कर्णालीमा कुल १६ लाख २३ हजार ६ सय २३ जनसंख्या छ रहेकोमा प्रहरीको संख्या भने न्युन देखिन्छ। प्रहरीको संख्या हेर्ने हो भने एक जना प्रहरीले ३१८ जना नागरिकलाई सुरक्षा दिनुपर्ने बाध्यता छ। प्रदेशको क्षेत्रफल हेर्दा २८ हजार ९ सय ७३ वर्गाकिलोमिटर छ भने एक जना प्रहरीले झण्डै ६ किलोमिटर सम्म सेवा दिनुपर्ने बाध्यता भएको एसपी वलीले दुखेसो गरे। 

अहिले प्रदेशमा प्रहरीका २१५ वटा प्रहरी ईकाईहरु रहेका छन्। प्रदेशका दश जिल्लामा प्रहरी कार्यालय, ईलाका तथा प्रहरी चौकी गरी २१५ रहेका हुन्। अहिले नागरिकको सुरक्षाका लागि कर्णालीमा सिभिल प्रहरी, ट्राफिक प्रहरी, आर्मी र प्राविधिक प्रहरीहरु निरन्तर सेवामा लागी रहेका छन्। 

कर्णालीको हुम्ला, डोल्पा जिल्लामा मोटर बाटोनै पुगेको छैन भने अन्य जिल्लाको विभिन्न स्थानमा अझै मोटर बाटो पुगेको छैन्। मोटर बाटो नभएकै कारणले पनि सुरक्षामा केही ढिलासुस्ति हुने गरेको एसपी वलीले बताए। ‘सवै स्थानमा मोटर बाटो छैन, तै पनि जसोतसो सुरक्षा दिदैँ आएका छौँ,’ उनले भने, ‘अझै पर्याप्त स्रोत साधन छैन।’

कर्णालीको माथिल्लो भेगका जिल्लामाहरुमा दिनहु हिडेर सेवा दिनुपर्ने बाध्यता अझै नहटेको उनले बताए। सुरक्षाका विषयमा केही जानकारी लिनुपरे दिनभरी लाग्ने उस्तै परे २÷३ दिन सम्म पनि कुर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ।

शान्ति सुरक्षाका लागि आमसर्वसाधारण लगाएत स्थानीय तह, प्रदेश सरकार सवैको साथ सहयोग अपरिहार्य भएको उनले बताए।
 

प्रदेश सरकारको लक्ष्य


कर्णाली प्रदेश सरकारले शान्ति सुरक्षालाई विशेष जोड दिइएको छ। शान्ति सुरक्षा विना प्रदेशको समृद्धि असम्भव रहने भन्दै सुरक्षामा जोड दिएको हो। सरकारले शान्ति सुरक्षालाई नीति तथा कार्यक्रम र बजेटमा समेत विशेष प्राथमिकता दिएको छ। सरकारको लक्ष्य अनुसार ‘समृद्धि र विकासका लागि शान्ति सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा’ भन्ने मुल नारा समेत आत्म साथ गरेको छ। 

शान्ति सुरक्षाका लागि प्रदेशका विभिन्न स्थानमा समेत नमुना योग्य कामहरुको शुरुवात गरिएको छ। चोरी, डकैती, कालोबजारी, गुणडगर्दी, मानव बेचविखन जस्ता अपराधिक क्रियाकलापलाई निरुत्साहित गर्ने अभियानमा प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय लागी परेको छ। 

प्रदेशकै शान्ति सुरक्षाका लागि सरकारले १० करोड बजेटसमेत विनियोजन गरेको छ। जसले प्रदेशका नागरिकलाई शान्ति सुरक्षा दिलाउन र प्रदेश प्रहरी गठन गर्न, प्रदेश प्रहरी मुख्यालय लगाएत आवश्यक संरचनाहरु तयार गर्ने लक्ष्य सरकारले लिएको छ। 

प्रदेशका दशै जिल्लामा सुरक्षाका लागि स्थानीय सरकारसँग समन्वय गरेर गाउँगाउँमा समेत प्रहरी परिचालन गर्ने अभियान समेत गृहमन्त्रालयले अभियान चलाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell