PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

एमसीसीले लेगेसी टुर गर्ने, सुरुवात नेपालबाट हुने



पहिलोपोस्ट

एमसीसीले लेगेसी टुर गर्ने, सुरुवात नेपालबाट हुने

काठमाडौँ : बेलायतको मेरिलोबोन क्रिकेट क्लब (एमसीसी)ले विदेशी टुर प्रोग्राम अन्तर्गत लेगेसी टुर सिरिज गर्ने भएको छ। एमसीसीले आइतवार विज्ञप्ती जारी गर्दै उक्त लेगेसी टुरको सुरुवात नेपालबाट हुने जनाएको छ।

एमसीसीले आफ्नो फाउन्डेसनअन्तर्गत नेपाली क्रिकेटको विकासका लागि लिगेसी टुरको सुरुवातमा नेपाललाई रोजेको उल्लेख गरेको छ।
नेपालले वानडे इन्टरनेशनल स्ट्याटस पाएको र आइसीसीको सल्लाह अनुसार नेपालमा रहेको क्रिकेटको क्रेजलाई मध्यनजर गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्न लेगेसी टुर गर्न लागिएको बताएको छ। 

एमसीसीले यसअघि सन् २०१५ मा नेपाल भ्रमण गर्दै विभिन्न टिमसाग क्रिकेट खेल खेलेको थियो। भुकम्पपछिको राहत वितरण र उद्धारका लागि  एमसीसीले यहाँ आएर खेलेको थियो।

यस्तै सन् २०१६ मा एमसीसीकै निमन्त्रणामा नेपालले होम अफ क्रिकेट मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा पहिलो पटक खेलेको थियव।
अहिले पनि बेलायत भ्रमणमा रहेको नेपालले लर्ड्समा नेदरल्याण्ड्ससँग आजै टी-२० इन्टरनेशनल क्रिकेट खेल्दैछ। 

एमसीसीका सहायक सचिव जोन स्टेफेनसनले एमसीसीको लिगेसी टुर नेपालबाट सुरु गर्न लागिएकोमा आफू खुशी भएको बताएका छन्। 'नेपालको राष्ट्रिय टिम आज टी-२० ट्रयाङ्गुलर सिरिज खेल्न लर्ड्समा छ, जहाँ एमसीसी र नेदर्लयाण्ड्ससँग खेल्दैछ र नेदरल्याण्ड्सको नेपालको खेल टी-२० इन्टरनेशनल मान्यता पाउनेछ। नेपालको क्रिकेटलाई सपोर्ट गर्ने यो नै उपयुक्त समय हो।'

यस्तै नेपालका कप्तान पारस खड्कालले पनि एमसीसीले नेपालबाट लेगेसी टुर सुरु गर्न लागिएको खुशी व्यक्त गरेका छन्। र यसले नेपाली क्रिकेटमा सहयोग पर्‍याउने आशा राखेका छन्।

विश्वकै पुरानो क्रिकेट क्लब एमसीसी १७८७ मा स्थापना भएको हो। सन् १८१४ मा यो क्लब लर्ड्समा सरेको थियो। क्रिकेटको घर मानिने लर्ड्स मैदान अहिले एमसीसीकै मातहतमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell