PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

 'मिस्टर भर्जिन'ले ल्यायो ट्रेलर प्यारोडी प्रतियोगिता, विजेतालाई नगद ५० हजार उपहार



पहिलोपोस्ट

 'मिस्टर भर्जिन'ले ल्यायो ट्रेलर प्यारोडी प्रतियोगिता, विजेतालाई नगद ५० हजार उपहार

काठमाडौं:  पछिल्लो समय फिल्म मेकरले प्रचारका नयाँ अनि फरक अस्त्र प्रयोग गर्ने गरेका छन्। कभर गीत प्रतियोगिता, कभर डान्स प्रतियोगिता, डण्डिबियो प्रतियोगित इत्यादी। अभिनेत्रीहरुले घर घरकामा खाजा पुर्‍याउनेदेखि लिफ्ट दिनेसम्मका काम गरे। प्रदर्शनको तयारीमा रहेको फिल्म मिस्टर भर्जिन टिमले पनि प्रचारका लागि दर्शक लोभ्याउने अस्त्र घोषणा गर्‍यो।  

'मिस्टर भर्जिन'का निर्देशक बिशारद बस्नेतले ट्रेलरको प्यारोडी प्रतियोगिता घोषणा गरेका हुन्। फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले प्रतियोगिता बारे बताएका हुन्।

प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो  हुने विजेताले क्रमश: नगद रु ५०,००० २५,००० र १०,००० उपहार स्वरुप पाउनेछन्।  प्रतियोगितामा सहभागी हुन चाहनेले प्यारोडी भिडियोको लिंक 'मिस्टर भर्जिन'को अफिसियल पेजमा पठाउनु पर्नेछ।

अपलोड भएका भिडियोका मध्य सर्वाधिक धेरै भ्यूज प्राप्त गर्ने भिडियो विजेता घोषित हुनेछन्। निर्देशकले भने,'यो हाम्रो दर्शकसँग प्रत्यक्ष जोडिने माध्यम हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell