काठमाडौं: पछिल्लो समय कलाकार अनुप बिक्रम शाही अधिकांश फिल्ममा नकरात्मक भुमिकामा धेरै देखिए। अभिनेताको विपरितमा बलियो एन्टागोनिस्टको रुपमा उनलाई प्रस्तुत गरिन्छ।
कहिलेकाहीँ उनीमाथि नकरात्मक भुमिका मात्र गर्ने कलाकार भनेर प्रश्न तेर्सिने गर्छ। आफुलाई नकरात्मक अभिनयको प्रस्ताव धेरै आउने उत्तर दिने गर्छन् अनुप। तर उनी नै लिड भुमिकामा देखिएका केही फिल्म छन्।
प्रदर्शनको तयारीमा रहेको 'जय शम्भु'मा उनी लिड भुमिकामा देखिएका छन्। फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीको पनि मुख्य भुमिका छ। फिल्ममा अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट लगायकतको अभिनय रहेको छ। फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन्। फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ। फिल्म भने भदौ १ बाट प्रदर्शनमा आउनेछ।
अनुप लिड भुमिकामा दिएको अर्को फिल्म छ 'कमलेको बिहे', तर फिल्मको प्रदर्शन मितिको टुङ्गो छैन।