PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

नेपालले एमसीसीलाई ९ विकेटले हरायो



पहिलोपोस्ट

नेपालले एमसीसीलाई ९ विकेटले हरायो

एमसीसी टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको छ। नेपालले अब टी-२० अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्ससँग खेल्नेछ।

६ ओभरमा घटाइएको खेलमा एमसीसीले दिएको ४१ रनको लक्ष्य नेपालले ४. ४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको लागि ओपनर सुवास खकुरेलले नटआउट १६ तथा ज्ञानेन्द्र मल्लले नटआउट १२ रन बनाए। अनिल शाह ९ रन बनाएर आउट भएका थिए।

एमसीसीका लागि कप्तान माहेला जयवर्धनेले सर्वाधिक २४ रन नटआउट बनाए। सोमपाल कामीले २ र शक्ति गौचनले १ विकेट लिए।

नेदरल्याण्ड्सले पनि पहिलो खेलमा एमसीसीलाई पराजित गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell