PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

बुटवलमा चट्याङ लागेर बालिकाको मृत्यु



पहिलोपोस्ट

बुटवलमा चट्याङ लागेर बालिकाको मृत्यु

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन्। चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेले बताए।

तिलोत्तमा नगरपालिका–१७ मा रहेको खेतमा आमासँग घाँस काट्न गएको बेलामा साँझ करीब ५ बजेतिर बालिकालाई चट्याङ लागेको थियो। तत्कालै उपचारका लागि अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै ज्यान गएको प्रहरी नायब निरीक्षक पाण्डेले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell