PahiloPost

May 16, 2026 | २ जेठ २०८३

करणी मुद्दामा दोषी ठहर चौधरी पक्राउ, कारागार चलान



पहिलोपोस्ट

करणी मुद्दामा दोषी ठहर चौधरी पक्राउ, कारागार चलान

नवलपरासीः जबर्जस्ती करणी मुद्दामा फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ।

तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका–१ कोल्हुवा बस्ने ४३ वर्षीय राजु भन्ने सुरतराम चौधरीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।

चौधरीलाई लुकिछिपी बसी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। पछिल्लो पटक प्रहरीले जिल्ला अदालतको फरार सूचीमा रहेको अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell