PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

अश्लेषा भन्छिन् 'फिल्मको प्रस्ताव नआएको होइन'



पहिलोपोस्ट

अश्लेषा भन्छिन् 'फिल्मको प्रस्ताव नआएको होइन'

काठमाडौं: अभिनेत्री अश्लेषा ठकुरीले 'प्रेमगीत २' मार्फत फिल्ममा डेब्यू गरेकी हुन्। 'प्रेमगीत २' ‍गरेपछि उनी लामो समय अन्य फिल्ममा देखिनन्। केही समयअघि निर्माता सन्तोष सेन कै फिल्ममा उनी अनुबन्धित भइन्। आशुसेन फिल्मस कै ब्यानरबाट दोश्रो फिल्म गरिन् 'मेरी मामु'।

हालै एक कार्यक्रममा उनीमाथि प्रश्न तेर्सियो, फिल्मको अफर नआएको की आशुसेन कै ब्यानरबाट मात्र फिल्म गर्ने बिचार हो?

उनले आफुलाई अन्य फिल्मको प्रस्ताव आएको बताइन्। आफुले निभाउन सक्ने पात्रको भुमिका 'मेरी मामु'मा रहेकोले फिल्म गरेको बताइन्। साथै भनिन् 'मैले न्याय दिन सक्ने पात्रको भुमिका निभाउन सक्छु भनेपछि मात्र गर्ने हो। प्रस्ताव आएका फिल्मका भुमिकलाई न्याय दिन नसक्ने भएकोले नगरेको हो। प्रस्ताव नआएर चाहीँ होइन्।'

सामाजिक सञ्जालमा एक्टिभ रहने अश्लेषाको भुमिकाबारे निर्माण टिमले केही बोलेको छैन। उनी अभिनेता सारुक ताम्रकारसँगै 'मेरी मामु'मा अनुबन्धित भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell