PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नेदरल्याण्ड्ससँग हुने नेपालको पहिलो ओडिआई क्रिकेट कान्तिपुर टिभीबाट प्रत्यक्ष प्रशारण हुने



पहिलोपोस्ट

नेदरल्याण्ड्ससँग हुने नेपालको पहिलो ओडिआई क्रिकेट कान्तिपुर टिभीबाट प्रत्यक्ष प्रशारण हुने
फाइल फोटो

काठमाडौं : नेदरल्याण्ड्ससँग नेपालले खेल्न लागेको पहिलो वान डे इन्टरनेसनल (ओडिआई) क्रिकेट खेल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ।

नेपालले दुई दशक लामो इतिहासमा पहिलो पटक अगष्ट पहिलो साता नेदरल्याण्ड्ससँग ऐतिहासिक ओडिआई खेल खेल्दैछ।

नेदरल्याण्ड्समा अगष्ट १ र ३ मा हुने पहिलो ओडिआई सिरिजका दुवै खेल कान्तिपुरबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय भएको कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैला सिरोहियाले ट्वीटमार्फत जनाएका छन्।

कान्तिपुर बाट प्रत्यक्ष प्रशारण हुनेभएपछि नेपाली क्रिकेट समर्थकले नेपालको ऐतिहासिक ओडिआई क्रिकेट प्रत्यक्ष हेरेर मज्जा लिन पाउने अवसर पाएका छन्।

यसअघि नै लाइभब्रोडकास्ट डट एनबाट लाइभ स्ट्रिमिङ गर्ने क्रिकेट नेदरल्याण्ड्सले ट्वीट गर्दै जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell