PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भक्तपुरबाट लागूऔषधसहित पाँच जना पक्राउ



पहिलोपोस्ट

भक्तपुरबाट लागूऔषधसहित पाँच जना पक्राउ

भक्तपुरः महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मकवानपुर सानोपोखरा–५ का २१ वर्षीया सुष्मा तिमिल्सिना, मध्यपुरथिमी नगरपालिका–५ का २७ वर्षीय राजेश प्रजापति र मध्यपुरथिमी नगरपालिका–६ का २५ वर्षीय दिनेश भासी रहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट फेनेरगन १०० थान, नोफिन ७९० थान र डाइजोल्याब १०० थान बरामद गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell