PahiloPost

May 16, 2026 | २ जेठ २०८३

भारतीय नम्बर प्‍लेटको ट्रकको ठक्करबाट एक जनाको मृत्यु



पहिलोपोस्ट

भारतीय नम्बर प्‍लेटको ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रत्ननगरः नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नं को भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो। उनी नारायणगढ मुग्लिङ सडकखण्डमा काम गर्दै आएका थिए। फरार रहेका ट्रकका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell