PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

रज्जुलाई 'अन्तराष्ट्रिय भानु नेपाली फिल्म जगत सेवा सम्मान पुरस्कार'



पहिलोपोस्ट

 रज्जुलाई 'अन्तराष्ट्रिय भानु नेपाली फिल्म जगत सेवा सम्मान पुरस्कार'

काठमाडौं:  फिल्म ‘सयकडा दश’ की निर्मात्री रज्जु प्रधानलाई 'अन्तराष्ट्रिय भानु नेपाली फिल्म जगत सेवा सम्मान पुरस्कार'बाट पुरस्कृत गरिएको छ। दिल्ली स्थित सिटि सेन्टरको सम्मेलन केन्द्रमा आयोजित ‘भानु सम्मान पुरस्कार समारोह’मा उनले सम्मान प्राप्त गरिन्।

पुरस्कार समारोहमा कवि, साहित्यकार, कलाकार, राजनीतिज्ञ, संचारकर्मी तथा भारत लगायत विभिन्न देशबाट आमन्त्रित नेपालीहरुको उल्लेखनीय उपस्थिति थियो। आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

उनी दर्शन नेपाल क्रियसन प्रा.लि. की अध्यक्ष हुन्। गत वर्ष मात्र उनले निर्माता उत्तम खत्रीसंगको सहकार्यमा लघु चलचित्र ‘भरोसा छ तिम्रै’ निर्माण गरेकी थिइन्। पुरस्कार समारोहमा ‘सयकडा दस’ का लेखक, निर्देशक राम शरण पाठक पनि उपस्थित थिए। फिल्म सयकडा दशको भने सम्पादन भइरहेको निर्माण टिमले जनाए।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell