PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नक्कली प्रेसको आडमा लागू औषधको कारोबार



पहिलोपोस्ट

नक्कली प्रेसको आडमा लागू औषधको कारोबार

काठमाडौं : नक्कली मिडियाकर्मी बनेर लागू औषधको कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त जनसेवाले धनुषाका ३१ वर्षीय राज कुमार चौधरीलाई नियन्त्रणमा लिएको हो। 

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा सोमवार चौधरीले बोकेको झोला चेक गर्दा लागू ‌औषधि भेटिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहन कुमार थापाले बताए। चौधरीले ज.७.प.१४०४ नम्बरको मोटरसाइकलमा प्रेस लेखी लागू औषधको ओसारपसार गर्ने गरेको अनुसन्धानमा खुलेको हो।

चौधरीले भारतीय सीमा क्षेत्र र काठमाडौं भित्रिँदा कसैले संका नगरोस् भनेर बाइकमा प्रेस लेखेर कारोबार गर्ने गरेको डिएसपी थापाले बताए।

चौधरीको साथबाट प्रहरीले लागू औषधि सहित चार लाखको चेक समेत बरामद हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell