PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

३ महिनामा ६ करोड घाटा भएपछि सौर्य एयरलाइन्स बिक्यो, कसले किन्दैछ?



अनन्तराज न्यौपाने

३ महिनामा ६ करोड घाटा भएपछि सौर्य एयरलाइन्स बिक्यो, कसले किन्दैछ?

विराटनगर : तीन वर्षअघि संचालनमा आएको सौर्य एयरलाइन्स बिक्री भएको छ।६५ करोड रुपैयाँमा चीनमा बसेर व्यवसाय गरिरहेका श्याम अधिकारीले किनेका हुन्। खरीदबिक्री सम्झौता भने हुन बाँकी छ।

५५ करोड बैंक ऋण र १० करोड दायित्व (कर्मचारी तलब, विमानस्थलको बक्यौता) सकारेर अधिकारीले एयरलाइन्स किनेका हुन्। तीन वर्षअघि विभिन्न व्यवसायिक घराना मिलेर यो एयरलाइन्स संचालनमा ल्याएका थिए। सिआरजे-२०० जेट इन्जिन भएको जहाज ल्याएर कम्पनीले सेवा सुरु गरेको थियो।

दुर्इवटा जहाज संचालनमा ल्याएपनि एउटा जहाज भने केही समयपछि ग्राउण्डेड भयो। कम्पनीका अध्यक्ष दीपक पोखरेलले एयरलाइन्स बिक्री भएको पुष्टि गरे। अध्यक्ष पोखरेलले ढिलोमा आगामी सोमबार साउन २१ गतेदेखि नयाँ व्यवस्थापनका साथ सौर्य एअरले उडान सुचारु गर्ने बताए । विगत १५ दिनदेखि सौर्यको उडान स्थगित छ। बुधबार साँझ बिक्री सम्वन्धी सम्झौता हुने पोखरेलले जानकारी दिए।
 
‘अधिकारीजी हाई प्रोफाइल भएका व्यावसायिक रूपमा कुशल व्यक्तित्व हुनुहुन्छ। उहाँसँग जहाज बिक्री बारे वार्ता भइरहेको छ’, पोखरेलले भने, ‘उहाँको नेतृत्वमा म पनि एयरलाइन्सको साझेदार हुने सम्भावना प्रबल छ । हामी अहिले पनि कुराकानीकै क्रममा छौँ ।’पोखरेलका अनुसार एयरलाइन्ससित बैङ्कको ऋणमात्र ५५ करोड छ । यसबाहेक १० करोडको थप गैरबैङ्किङ दायित्व छ । बितेका ३ महिनामा एअरलाइन्स ६ करोड घाटामा गएपछि नयाँ व्यवस्थापनको खोजी गर्न सञ्चालकहरूलाई बढी दबाब परेको हो ।
 
‘हामीले चलाएको राम्रो कम्पनीको र जेट इन्जिन भएको जहाज हो’, पोखरेलले भने ‘तर आन्तरिक उडानमा हामी प्रतिस्पर्धी हुन सकेनौँ । नेपालबाट कम्तीमा नयाँ दिल्ली, वाराणसी वा भारतका कुनै पनि शहरमा हामीले उडान भरेको भए यसको सञ्चालन खर्च निस्कन्थ्यो । जेट इन्जिनको जहाज छोटो दूरीमा उडान भर्नुपर्दा सञ्चालन खर्च नै अधिक भयो । कम्तीमा डेढ घण्टाको उडान हुने ठाउँमा यो जहाज सञ्चालन गर्नुपर्ने रहेछ ।’
 
उनले जहाज जति अत्याधुनिक र गुणस्तरीय हुन्छ, सञ्चालन खर्च पनि त्यति नै धेरै हुँदो रहेछ भन्ने अनुभव सुनाए ।पहिलो जहाज ल्याएको साढे २ वर्षपछि सौर्यले गत फागुनमा अर्को ल्याएको थियो । यसपछि सौर्यको आन्तरिक उडान नियमित हुने र रद्द हुने समस्याबाट मुक्ति पाइने विश्वास एयरलाइन्सले गरेको थियो । तर विश्वासका ठाउँमा घाटा नै घाटा सहनुपरेको दीपकको गुनासो छ ।
 
पोखरेलले यसअघि नयाँ व्यवस्थापनका लागि पूर्व सञ्चार उद्यमी एवम् एमाले निकट व्यवसायी दुमन थापासित वार्ता भएको स्वीकार गर्दै थापाको सम्भावना अब टरेको बताए।सौर्य बिक्रीका बारेमा विशाल ग्रुपसँग समेत अनौपचारिक कुराकानी भएपनि सहमति बन्न नसकेको स्रोतले बतायो। अहिले यो समूहले सीता एयर संचालन गरिरहेको छ।
 
सौर्यका दुबै ५० सिटे सिआरजे २०० जहाज क्यानाडाको प्रसिद्ध र सबैभन्दा पुरानो बम्बार्डियर कम्पनीमा निर्मित भएको उनले जानकारी दिए ।सौर्यले काठमाडौंबाट माउन्टेन फ्लाइट,विराटनगर ३, भद्रपुर, भैरहवा र नेपालगञ्ज २–२ र धनगढी १ उडान नियमित गरिरहेको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell