PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आठ वर्षपछि एकसाथ देखिँदै ऐश्वर्या र अभिषेक



पहिलोपोस्ट

आठ वर्षपछि एकसाथ देखिँदै ऐश्वर्या र अभिषेक

काठमाडौं: बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आफ्ना पति अभिषेक बच्चनसँग फिल्म गर्ने भएकी छिन्। आठ वर्षपछि उनीहरु एकैसाथ स्क्रिनमा देखिने भएका हुन्।  फिल्मको शीर्षक 'गुलाब जामुन' हो। स्क्रिप्ट राम्रो भकएकोले फिल्म गर्न तयार भएकी ऐश्वर्यले जनाइन्।

पछिल्लो समय ऐश्वर्या फिल्महरुमा कमै देखिन्छन्। छोरी आराध्यासँग समय बिताउँछिन्। उनले हालै सामाजिक सञ्जाल इन्स्टाग्राम चलाउन थालेकी छिन्। उनी दुईलाई फिल्ममा एकसाथ हेर्न दर्शक उत्साहित छन्।

अभिषेक र ऐश्वर्या लिड भूमिकामा रहेको फिल्म 'गुरु' दर्शकले रुचाएका फिल्ममा पर्छ। भारतीय मिडियामा उनीहरुको नयाँ फिल्मलाई लिएर चर्चा सुरु भएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell