PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

कन्टेनर पल्टिँदा डिब्बाभित्र बसेका ३ जनाको मृत्यु



रासस

कन्टेनर पल्टिँदा डिब्बाभित्र बसेका ३ जनाको मृत्यु
फाइल फोटो : रसुवामा लाम लागेका कन्टेनर। -रासस

रसुवा : धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell