PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘दुई तिहाइको दम्भले चौतर्फी हस्तक्षेप’



पी बी खड्का

‘दुई तिहाइको दम्भले चौतर्फी हस्तक्षेप’

सुर्खेत : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सुर्खेतले सरकारले दुई तिहाई बहुमतको दम्भले चौतर्फी हस्तक्षेप गरेको आरोप लगाएको छ। सरकारले सर्वसत्तावाद लाद्न खोजेको भन्दै सडकदेखि सदन र न्यायालयमा समेत हस्तक्षेप गर्न खोजेको आरोप छ।
 
दुई तिहाईको दम्भमा सरकारले न्यायालयदेखि सडकसम्म हस्तक्षप गरेको भन्दै कांग्रेस सुर्खेतले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको हो।  

कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गरिवी निवारण मन्त्री हृदयराम थानीले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिए।

‘कांग्रेससँग निहु खोज्ने राणाशासन, पञ्चायत र राजाको समेत अस्तित्व मेटियो,’ उनले भने ‘कम्युनिष्टहरु पनि अब सिद्धिने विचार भए कांग्रेसँग निहु खोज्नोस्। हैन भने दुई तिहाईको दम्भ नदेखाउनुहोस्।’

‘संविधानमै सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था छ,’ थानीले भने, ‘तर  सभामुख र उपसभामुख दुईवटै पद आफूले राखेर सरकारले संविधान विपरीत काम गरिरहेको छ।’

उनले प्रश्न गरे, ‘नेपालको संविधान नमान्ने कम्युनिष्टहरु कुन दुलाबाट आएका हुन्?’
 
यस्तै पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले सरकारले पञ्चायती शासन लाद्न खोजेको आरोप लगाए। सरकारकारको काम गराई र व्यवहारलाई हेर्दा पञ्चायती शैली देखाएको भन्दै बिष्टले प्रश्न गरे, ‘यदि कम्युनिष्टलाई पञ्चायत नै चाहिएको भए किन जंगल गएको हो?’ प्रधान न्यायाधीशको नियुक्तिमा ढिलाई गरेर सरकारले न्यायालयमा समेत हस्तक्षेप गर्न खोजेको बिष्टले आरोप लगाए।
 
विरोधसभा अघि सुर्खेतको स्थानीय मंगलढी चोकबाट सुरु भएको र्‍यालीमा प्रधानमन्त्री केपीओलीको राजीनामा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका जस्ता विभिन्न नारा जुलुस समेत प्रदर्शन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell