PahiloPost

May 16, 2026 | २ जेठ २०८३

मेक्सिकोमा विमान दुर्घटना, ८५ यात्रु घाइते



पहिलोपोस्ट

मेक्सिकोमा विमान दुर्घटना, ८५ यात्रु घाइते

काठमाडौं मेक्सिकोको एरोमेक्सिकोको विमान दुर्घटना भएको छ। विमान मेक्सिकोको दुरांगोमा दुर्घटना भएको हो। जनरल ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान केही मिनेटमा नै दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी ८५ जना घाइते भएका छन् भने। दुर्घटनामा परी कुनै पनि यात्रुको मृत्यु नभएको दुरांगोका गभर्नरले जनएका छन्। दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएको एबीबीसी न्यूजमा समाचार छ।

विमान उड्नै लाग्दा एक्कासी रनवेभन्दा बाहिर दुर्घटना भएको हो। 

शहरका नागरिक सुरक्षा अधिकारी सोसानो मेजाले भने 'विमान उड्दै थियो। एक्कासी नोज बजारियो।'

दुर्घटनामा गम्भीर घाइत भएका पाइलट हुन्। अधिकांश यात्रु आफैँ विमानबाट निस्किएका थिए। विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell