PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

श्रीमतीसँगको झगडाका कारण भक्तपुरमा बाबुले गरे छोराको हत्या



पहिलोपोस्ट

श्रीमतीसँगको झगडाका कारण भक्तपुरमा बाबुले गरे छोराको हत्या

काठमाडौँः भक्तपुरको सानोठिमीमा बाबुले आफ्नै १७ वर्षीय छोराको हत्या गरेका छन्।

मङ्गलबार राति करिव १२ बजेतिर श्रीमतीसँगको विवादलाई लिएर छोराको हत्या गरेको प्रहरी अनुस्नधानमा खुलेको हो। मोरङको सुनवर्षी नगरपालिका स्थाई घर भएका ४० वर्षीय डिल्लीराम चापागाईँले १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन्।

श्रीमतीसँगको विवादको कारण राति सुतिरहेका छोरालाई धारिलो हतियार प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय श्रेष्ठले जानकारी दिए। एसपी श्रेष्ठले भने,' श्रीमतीसँगको विवादको कारण हत्या गरिएको भेटिएको छ।'

हत्यापछि बाबुले जिल्ला प्रहरी कार्यालयमा राति नै आत्मसमर्पण गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी त्रिभुवन विमानस्थलमा लोडरको रुपमा कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell