PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पूर्वसांसद कृष्णकुमार जोशीको निधन



पहिलोपोस्ट

पूर्वसांसद कृष्णकुमार जोशीको निधन
फोटोः पूर्ण बहादुर खड्काको ट्वीटरबाट

बैतडीः नेपाली कांग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ।

मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए।

जोशी २०३४ सालमा नेपाली कांग्रेस बैतडीको सभापति भएका थिए। विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

स्व. जोशीका दुई छोरा र तीन छोरी छन्। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell