PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

लिपुलेकमा बिओपी राख्ने सशस्त्र प्रहरीको तयारी



पहिलोपोस्ट

लिपुलेकमा बिओपी राख्ने सशस्त्र प्रहरीको तयारी

काठमाडौं : नेपाल, भारत र चीन तीन वटै देशको सीमामा पर्ने दार्चुलाको लिपुलेकमा सशस्त्र प्रहरी बलले बिओपी (बोर्डर आउट पोस्ट) राख्ने तयारी गरेको छ। 

सशस्त्र प्रहरीले तयारी गरे पनि नेपाल सरकारबाट कुनै पनि निर्णय भने हुन सकेको छैन। गृह मन्त्री रामबहादुर थापाले गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगतै देशभर १० वटा बिओपी थप्ने बताए पनि अझैसम्म काम हुन सकेको छैन। सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम पाण्डेले लिपुलेमा बिओपी राख्ने तयारी भए पनि सरकारले कुनै पनि निर्णय गर्न नसकेको बताए।

लिपुलेमा भारतले भने सीमा सुरक्षाको लागि अर्थ सैनिक बल खटाएको छ। भारतसँग स्पष्ट रुपमा कुरा हुन नसक्दा नेपालले भने सीमा सुरक्षार्थ खटाउन सकेको छैन। 

देशभरको सीमामा सशस्त्र प्रहरीले ८७ स्थानमा बिओपी बनाएर सुरक्षा दिँदै आएको छ। २० देखि ३० किलोमिटरको दुरीमा एउटा बिओपी स्थापना गरिएको छ। एउटा बिओपीमा ३५ जना सशस्त्र प्रहरी परिचालन छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell